स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, सुदूरपश्चिमको कार्यविवरण

यस कार्यालयले सुदूरपश्चिम प्रदेशका स्थानीय तहलाई निम्न क्षेत्रहरूमा सेवा, सहयोग र सहजीकरण प्रदान गर्दछ:

क्षमता विकास तथा प्राविधिक सहयोग:

  • स्थानीय तहका प्राविधिक कर्मचारीहरुको पेशागत क्षमता विकास कार्यक्रम सञ्चालन
  • खरिद, ठेक्का व्यवस्थापन र गुणस्तर कायम गर्ने विषयमा प्रशिक्षण र परामर्श
  • प्रदेश तथा स्थानीय तहको अनुरोधमा प्राविधिक राय र सहयोग उपलब्ध गराउने

योजनाहरुको पहिचान तथा छनौट:

  • सम्बन्धित मन्त्रालय तथा विभाग, सम्बन्धित प्रदेश सरकार, विभिन्न तालुक स्थानीय तहहरु, जनप्रतिनिधि, समुदाय तथा उपभोक्ताहरुबाट माग तथा सिफारिस भएका सडक, सडक पुल तथा झोलुंगे पुल सम्बन्धि योजनाहरुको माग संकलन गर्ने,
  • संकलित मागहरुको आवश्यकता मुल्यांकन (Need Assessment) का सूचकहरुमा आधारित भई प्रारम्भिक संछिप्त सुची तयार गर्ने,
  • प्रारम्भिक संछिप्त सुचीमा परेका योजनाहरुमध्ये विस्तृत आयोजना प्रतिवेदन (Detailed Project Report) तयार भैसकेका वा हुन बाँकी योजनाहरुको छुट्टाछुट्टै सुची तयार गर्ने,

इन्जिनियरिंग डिजाइन:

  • संछिप्त सूचीमा समाविष्ट भएका तर इन्जिनियरिंग डिजाइन, नक्सा तथा लागत अनुमान नभएका आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन (DPR) कार्यालयमा कार्यारत प्राविधिक जनशक्ति परिचालन गरी तयार गर्ने। उपलब्ध प्राविधिक जनशक्तिबाट विस्तृत आयोजना प्रतिवेदन तयार गर्न सम्भव नभएमा उक्त कार्यको लागि सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावलि २०६४ को प्रक्रिया बमोजिम परामर्शदाता नियुक्त गर्ने,
  • परामर्शदाताले पेश गरेका विस्तृत आयोजना प्रतिवेदनहरु चेकजांच गरी आवश्यक परिमार्जन समेत गराई स्वीकृत गर्ने,

वार्षिक कार्यक्रम तयारी तथा स्वीकृति:

  • आयोजना कार्यालयको कार्यक्षेत्र अन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरुभित्र छनौट भएका आयोजनाहरुलाई राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्ने,
  • प्रत्येक आर्थिक वर्षको लागि वार्षिक कार्यक्रम तयार गरी Line Ministry Budget Information System (LMBIS) मा प्रविष्ट गर्ने,

खरिद तथा ठेक्का व्यवस्थापन:

  • स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाहरुको लागत अनुमान तयार गरी स्वीकृत गर्ने,
  • आयोजनाहरुको निर्माणका लागि सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को प्रक्रिया बमोजिम राष्ट्रियस्तरको खुल्ला बोलपत्रको माध्यमबाट सार्वजनिक खरिद कार्य गर्ने। आयोजनाको प्रकृति अनुसार इकाई दर, निर्माण टर्ण की वा डिजाइन तथा बिल्ड प्रक्रिया बमोजिम सम्झौता समेत गर्ने,

निर्माण व्यवस्थापन:

  • सम्झौता भएका निर्माण कार्यहरुको सुपरिवेक्षण, अनुगमन, मुल्यांकन, Project Completion Report (PCR) तयार गर्ने एवं फरफारक गर्ने,

गुणस्तर सुनिश्चितता:

  • निर्माण व्यवसायीले पेश गरेको Quality Assurance Plan स्वीकृत गर्ने,
  • निर्माण कार्यको गुणस्तर सुनिश्चितताका लागि आवश्यक सम्पूर्ण प्रयोगशाला परीक्षण (Lab Test) गर्ने,
  • गुणस्तर नियन्त्रणका लागि नेपाल सरकारका विभिन्न निकायहरुबाट प्रकाशित Specification, Quality Control Manual, Codes हरुको पूर्ण प्रयोग गर्ने,

तथ्याङ्क तथा समन्वय:

  • स्थानीय भौतिक पूर्वाधारको तथ्याङ्क सङ्कलन, अद्यावधिक र राष्ट्रिय प्रणालीमा एकीकरण
  • जिल्ला समन्वय समितिको अनुगमन कार्यमा सहयोग
  • आन्तरिक तथा वाह्य स्रोत परिचालनमा सहजीकरण

साथै विभागले तोकेका अन्य कार्यहरू समेत यस कार्यालयको जिम्मेवारीभित्र पर्दछन्।

Scroll to Top