हाम्रो बारेमा
कार्यालय गठन सम्बन्धमा भएका निर्णयहरू
- निजामती सेवा ऐन, २०४९ को दफा ६ को अनुसार स्थानीय पूर्वाधार विभागको सङ्गठन संरचना र दरबन्दी टेरिज नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७।०८।२४ को निर्णय अनुसार स्वीकृत।
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गत सात वटा प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७।०९।१० को निर्णय।
- कार्यालय स्थापना गर्न आवश्यक पर्ने कार्यालयको साइनबोर्ड, कार्यालयको छाप तथा लेटरहेडको नमुना सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७।०९।२२ को (सचिवस्तरीय) निर्णय अनुसार स्वीकृत। त्यसपछि यस स्थानीय पूर्वाधार विभागलाई शहरी विकास मन्त्रालय अन्तर्गत गाभिएको थियो। मिति 2081 सालमा स्थानीय पूर्वाधार विभागको नाम संशोधन गरी स्थानीय पूर्वाधार विकास विभाग कायम गरिएको थियो।
- आ.व. 2082/83 को लागि मिति 2082/06/21 गते यस आयोजना कार्यालयको लागि अस्थाई दरबन्दि स्वीकृत भएको।
कार्यालयको संगठनात्मक संरचना
यस आयोजना कार्यालयमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर कार्यालय प्रमुख रहने व्यवस्था छ। हाल यस आयोजना कार्यालयमा प्राविधिक तर्फ 19, प्रशासन तर्फ 2, विविध 1 र अन्य 5 गरी कुल 27 अस्थायी दरबन्दी स्वीकृत भएको छ। कार्यालयमा देहाय बमोजिमका शाखा रहेका छन्।